सेयर बजार

नेप्सेमा ४.५९ अंकको वृद्धि, कारोबार भने ४ अर्ब ९० करोडमा सीमित

विहीबार, २४ पुस २०८२, १५ : ०९

काठमाडौं- साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ८० लाखको सेयर कारोबार भएको छ । आज १२९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ । 

Capture

आज एसवाई प्यानलको सर्वाधिक २० करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा बन्दीपुर केवलकारको १७ करोड ६० लाख रुपैयाँ र तेस्रोमा सान्भी इनर्जीको १५ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक ८.१६ प्रतिशतका दरले कमाएका छन् । यस्तै, एसवाई प्यानलका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले कमाएका छन् ।

सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ३.९० प्रतिशतका दरले गुमाएका छन् ।

 
 
विहीबार, २४ पुस २०८२, १५ : ०९

प्रतिक्रिया