काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतसँग प्रतिस्पर्धा गर्न सुदन गुरुङ नेतृत्वको द काउन्सिल अफ जेनजीले लेखक तथा अभियान्ता एचबी खत्रीलाई उम्मेदवारको सिफारिस गरेको छ ।
द काउन्सिल अफ जेनजी अन्तर्गत अफसना बानुको नेतृत्वमा रहेको बागमती प्रदेश समितिले विभिन्न जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारी दिनेका लागि उम्मेदवार सिफारिस गरेको छ । काउन्सिलले भक्तपुर क्षेत्र नम्बर २ बाट एचबी खत्री सिफारिस गरेको छ । खत्रीको प्रतिस्प्रर्धा एमाले सचिव महेश बस्नेतसँग हुनेछ । काउन्सिलले युवाको प्रतिनिधित्व बढाउने उद्देश्यसहित आगामी निर्वाचनका लागि तयारी अघि बढाएको जनाएको छ ।
रोमछापका खत्री आफू बसोबास गर्ने भक्तपुर–२ बाट चुनाव लड्नेगरी तयारी थालेका छन् । उनले भने नेपालमा प्रविधि, सीप र ज्ञान भित्रयाएर नेपाललाई सहायता खाने होइन, समाधान बेच्ने देश बनाउने बताए ।
स्वतन्त्र नेतृत्वबाद पुस्तकका लेखक समेत रहेका एच बी खत्री नेपाली युवाहरुमा लोकप्रीय छन् । जेन जी आन्दोलन पश्चात घाईतेहरुको सेवामा लागेका खत्री सुदन गुरुङलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका ब्यत्ति समेत हुन् । अन्तराष्ट्रिय स्तरको नेतृत्वदायि तालिम समेत लिएका खत्री उम्मेदबार बने निर्बाचन जित्न सक्ने सम्भावना बलियो किन की सुदन गुरुङ्ग समुहले राष्ट्रिय स्वतन्त्र पाटीसँग सहकार्य गर्ने बताएको छ ।
प्रतिक्रिया