कांग्रेस केन्द्रीय समिति ३०१ सदस्यीय बनाउने प्रस्ताव

आइतबार, २७ पुस २०८२, १३ : ३१

काठमाडौं - विशेष महाधिवेशनद्वारा नेपाली काँग्रेसले केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ । आजदेखि शुरु हुने विशेष महाधिवेशनमा विधान संशोधन गर्दै हाल कायम रहेको १६८ लाई बढाएर ३०१ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गर्न लागेको हो । 

केन्द्रीय कार्यसमितिमा ४० वर्षमुनिका युवालाई एक सहमहामन्त्रीसहित २० प्रतिशत सहभागिता गराउने तयारी गरेको पार्टीले १५ प्रतिशत पेशागत क्षेत्रका प्रतिनिधिलाई सहभागी गराउने बताएको छ । 

महामन्त्री विश्वप्रशका शर्माले यसअघि सार्दै आएका नीतिगत प्रवधानलाई पनि विधानमा समावेश गर्ने तयारी भएको देवराज चालिसेले बताएका छन् । उनका अनुसार महामन्त्री शर्माको प्रस्ताव गर्दै आएको ु१(२(३(४ु को मोडल अनुसार विधान संशोधन हुनेछ ।

जसअनुसार पार्टीका नेता एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक मात्रै सांसद बन्न पाउनेछन् । त्यस्तै, मन्त्री भइसकेको व्यक्तिलाई समानुपातिक बन्दसूचीमा राख्न नपाइनेगरी विधान संशोधन गर्न लागिएको चालिसेले जानकारी दिए । 

आइतबार, २७ पुस २०८२, १३ : ३१

प्रतिक्रिया