विशेष महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गर्ने दाबी

आइतबार, २७ पुस २०८२, १३ : ५३

काठमाडौं - लामो समयको रस्साकसीपछि नेपाली कांग्रेसको विशेष महाधिवेशन आज औपचारिक रूपमा उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन केही बेरमा सुरु हुँदेछ।  

महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू जम्मा पनि हुँदै छन्। विशेष महाधिवेशन तय भएदेखि नै नेपाली कांग्रेस फुट्ने हल्ला पनि उत्तिकै चलिरहेको छ। सोही क्रममा चितवन क्षेत्र न‌.१ बाट महाधिवेशन प्रतिनिधि भएर आएकी निता ढकालले यो महाधिवेशनबाट नेपाली कांग्रेस झनै बलियो भएर आउने बताइन्। उनले आफूहरू पार्टी फुटाउन नभइ नीति र नेतृत्व परिवर्तन गर्नका लागि महाधिवेशनमा आएको बताएकी छन्।

‘वास्तवमा पार्टी फुट्छ भन्ने बाहिर एकदमै हल्ला चलेको छ। हामी पार्टी फुटाउन आएको होइनौँ। पार्टीलाई अझ मजबुत बनाएर अझै एकढिक्का बनाउन आएका हौं,’उनले भनिन्।  

आइतबार, २७ पुस २०८२, १३ : ५३

प्रतिक्रिया