सेयर बजार

प्रि ओपन सेसनमा २.६४ अंकले बढ्यो नेप्से

सोमबार, २८ पुस २०८२, ११ : ०१

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा २.६४ अंक बढेर २६४३.१८ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा ८५ लाख ३२ हजार १६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४८ कम्पनीको ११ हजार ३८७ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
सोमबार, २८ पुस २०८२, ११ : ०१

प्रतिक्रिया