सेयर बजार

नेप्सेमा ७.०१ अंकको गिरावट, ६ अर्ब ४० करोडको कारोबार

सोमबार, २८ पुस २०८२, १५ : ०७

काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ७.०१ अंकले घटेर २६३३.५३ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३३२ कम्पनीको १ करोड २१ लाख ६३ हजार ७८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४० करोड २३ लाखको सेयर कारोबार भएको छ । आज ६७ कम्पनीको सेयर मूल्य बढ्दा १९० कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । 

CaptureCapture

 

आज एसवाई प्यानलको सर्वाधिक ४२ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा राधी विद्युतको ३० करोड ८६ लाख रुपैयाँ र तेस्रोमा मञ्जुश्री फाइनान्सको २७ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज एसवाई प्यानल र श्रीनगर एग्रीटेकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सिटिजन म्युचुअल फन्ड २ का लगानीकर्ताले ५.८५ प्रतिशतका दरले कमाएका छन् ।

सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ४.२५ प्रतिशतका दरले गुमाएका छन् ।

 
सोमबार, २८ पुस २०८२, १५ : ०७

प्रतिक्रिया