काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लिम्बुवान क्रान्तिकारी पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ।
दुवै पक्षबीच भएको छलफलपछि मार्क्सवाद–लेनिनवाद र वैज्ञानिक समाजवादलाई साझा मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्दै संगठनात्मक एकतामा जाने निर्णय भएको हो।
सहमतिमा लिम्बुवान क्रान्तिकारी पार्टीले उठाउँदै आएको लिम्बुवान पहिचानको मुद्दालाई नेकपाको आन्तरिक जनवादअनुसार छलफल र बहसमार्फत टुंगो लगाउने उल्लेख छ । साथै लिम्बुवान क्रान्तिकारी पार्टीका सबै तहका समिति तथा संगठनहरूलाई उपयुक्त ढंगले नेकपामा समायोजन गर्ने निर्णय भएको छ ।


प्रतिक्रिया