काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा १.६९ अंक घटेर २६३३.३१ विन्दुमा आइपुगेको छ।
यस सेसनमा २ करोड ७ लाख ५६ हजार २५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४३ कम्पनीको २७ हजार ३९३ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये १४ कम्पनीको सेयर मूल्य बढ्दा २४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया