आज सामान्य अंकले बढ्यो नेप्से, ६ अर्ब ९९ करोडको कारोबार

मंगलबार, २९ पुस २०८२, १५ : ०९

काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९९ करोड ४ लाखको सेयर कारोबार भएको छ । आज ११८ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । 

Capture


आज राधी विद्युतको सर्वाधिक ५४ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एसवाई प्यानलको ३४ करोड ८१ लाख रुपैयाँ र तेस्रोमा बुटवल पावरको २८ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन थ्री स्टार हाइड्रोपावरले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, दोर्दी खोला हाइड्रोपावरका लगानीकर्ताले ९.३८ प्रतिशतका दरले कमाएका छन् ।

रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ६.०९ प्रतिशतका दरले गुमाएका छन् ।

 
मंगलबार, २९ पुस २०८२, १५ : ०९

प्रतिक्रिया