सेयर बजार

प्रि ओपन सेसनमा ३.३४ अंकले घट्यो नेप्से

बुधबार, ३० पुस २०८२, १० : ५७

काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा ३.३४ अंक घटेर २६३६.५६ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा ५ करोड १० लाख ५५ हजार ६३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४९ कम्पनीको ९१ हजार १०७ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १० कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
बुधबार, ३० पुस २०८२, १० : ५७

प्रतिक्रिया