कांग्रेस विशेष महाधिवेशन

सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी, अन्य सबै पदाधिकारीमा मनोनयन दर्ता

बुधबार, ३० पुस २०८२, ११ : ५६

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । स्रोतका अनुसार सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको हो । यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको छ ।

महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्रै उम्मेदवारी परेको छ। सहम‍हामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। कांग्रेसमा ८ जना सहमहामन्त्री रहनेछन्। 

अन्य पदमा क–कसले उम्मेदवारी दिएको भन्ने बारेमा निर्वाचन समितिले दिउँसो १ बजे सार्वजनिक गर्ने बताइएको छ । अहिले महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा निर्वाचनको आधिकताबारे कानुनका विज्ञसँग परामर्शमा जुटेका छन् । उनीहरूले आफू निकट र विश्वासिला कानुन व्यवसायीसँग परामर्श थालेका हुन् ।

 
 
 
बुधबार, ३० पुस २०८२, ११ : ५६

प्रतिक्रिया