अपडेट

कांग्रेस विभाजन, महामन्त्रीद्वय गगन र विश्व साधारण सदस्यसमेत नरहने गरी निष्कासन

बुधबार, ३० पुस २०८२, १६ : ०८

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरललाई पार्टीबाट निष्कासन गर्ने घोषणा गरेको छ । यससँगै कांग्रेस विभाजन भएको छ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्कासनको घोषणा गरेको हो । 

बैठकले उनीहरुलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको हो ।

अन्य नेता कार्यकर्ताहरूलाई भने पार्टीमा फिर्ता आउन आह्वान गरिएको छ।
 

 
 
बुधबार, ३० पुस २०८२, १६ : ०८

प्रतिक्रिया