काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगले आफूहरुलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त्यस्तो अवस्था आए देशभर आन्दोलन गर्ने बताए ।
‘निर्वाचन आयोगले संविधान, कानुन, पार्टी विधान र नियमावली विपरीत निर्णय गरेमा कांग्रेसले देशभर आन्दोलन गर्छ,’ खडकाले भने ।
उनले निर्वाचन आयोगले त्यो गर्दैन भन्ने विश्वास आफूलाई रहेको बताए । तर बाहिर आएका चर्चा बहसले त्यस्तो काम भयो भने कांग्रेसले देशभर आन्दोलनमा जाने उनको भनाइ थियो ।
प्रतिक्रिया