कांग्रेस विभाजन

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति आधिकारिक, गगन थापा पक्षले पायो रुख र चारतारे झण्डा

शुक्रबार, ०२ माघ २०८२, १९ : ४४

काठमाडौं- नेपाली कांग्रेस विभाजन भएपछि गगन थापा नेतृत्वको विशेष महाधिवेश पक्षधर नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको छ । योसँगै कांग्रेसको चार तारे झण्डा र रुख चुनाव चिन्ह थापा नेतृत्वको नेपाली कांग्रेसले पाउने भएको छ । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र अर्का एक आयुक्तले कांग्रेसको दुवै पक्षबाट पेस भएका विवरण अध्ययन गरी विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति नै आधिकारिक रहेको जनाउँदै अद्यावधिक गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगको यो निर्णयसँगै सभापति शेरबहादुर देउवा पक्ष चुनावचिन्ह विहीन भएको छ । आज मात्रै विशेष महाधिवेशनबा निर्वाचित पदाकिारी र देउवा पक्ष दुबै पक्षले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा आआफ्ना विवरण पेश गरेका थिए । दुबै पक्षको विवरण हेरेर आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा पक्षलाई आधिकारिता दिलाएको हो ।

शुक्रबार, ०२ माघ २०८२, १९ : ४४

प्रतिक्रिया