काठमाडौं- यस साता नेप्से परिसूचक ०.८९ अंकले बढेर २६४१.४३ विन्दुमा आईपुगेको छ। गत साता २६४०.५४ विन्दुमा बन्द भएको नेप्से यो साता ०.८९ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको हो ।
यस साता तीन कारोबार दिन मात्र बजार खुलेको थियो। जसमा दुई कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो ।
यस साता औसतमा ७८ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । सोमबार ६ अर्ब ४० करोड २३ लाखको सेयर कारोबार भएकोमा मंगलबार ६ अर्ब ९९ करोड ४ लाखको कारोबार भयो । यस्तै, बुधबार ६ अर्ब २० करोड ९४ लाखको सेयर कारोबार भयो ।
साताको पहिलो कारोबार दिन नेप्से ७.०१ अंकले घटेर २६३३.५३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३२ कम्पनीको १ करोड २१ लाख ६३ हजार ७८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४० करोड २३ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से ४.९० अंकले बढेर २६३९.९१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९९ करोड ४ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से १.५२ अंकले बढेर २६४१.४३ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२० कम्पनीको १ करोड २५ लाख ४ हजार ९७० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २० करोड ९४ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
प्रतिक्रिया