काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४० करोड २७ लाखको सेयर कारोबार भएको छ । आज २२४ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज मन्जुश्री फाइनान्सको सर्वाधिक ५३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एसवाई प्यानलको ३७ करोड ३९ लाख रुपैयाँ र तेस्रोमा श्रीनगर एग्रीटेकको २८ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन ४ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज सागर डिस्टिलरी, उन्नती सहकार्य लघुवित्त, श्रीनगर एग्रीटेक र गुर्खाज फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ८.८८ प्रतिशतका दरले कमाएका छन् ।
थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ८.७८ प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया