बालेनको प्रश्नः मधेसको छोरालाई प्रधानमन्त्री बनाउने हो ?

सोमबार, ०५ माघ २०८२, १६ : ४१

जनकपुरधाम– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) साहले आफू मधेसका जनतासँग काम माग्न आएको बताएका छन् ।

बालेनले काठमाडौंमा मधेशमा उखु किसानहरुले भुक्तानी नपाएर आन्दोलन गरिरहँदा आफू अधिकारको अभावले केही गर्न नसकी हेरेर बस्न बाध्य भएकोले संघीय सरकारकै नेतृत्व गर्न अगाडि सरेको बताएका छन् ।

उनले दैनिक भुक्तानी नपाएका किसानहरुले आन्दोलन गर्नुपर्ने, मिटर ब्याज पीडितहरु न्यायको लागि काठमाडौं जानुपर्ने अवस्थाको लागि आफू नेतृत्वमा आउन खोजेको बताए । उनले मधेशमा नेताहरुले समाजवादको कुरा गर्ने तर समाजवादको क्षेत्रमा काम नगरेको बताए । उनले भने ‘काठमाडौं महानगरपालिकामा हरेक वर्ष २० हजार विद्यार्थीहरुले छात्रवृत्तिमा महंगा महंगा स्कुल कलेजमा निःशुल्क पढ्न पाएका छन्, त्यो समाजवाद हो । हिजो काठमाडौंबाट मधेश झरेका नेताले ‘बिना ढेउवा के’ (पैसा बिना) श्रम बेच्न विदेश पठाउँछु भन्नु समाजवाद होइन ।’

काठमाडौंको मेयरका रुपमा देशभरका ३५ पालिकामा एम्बुलेन्स पुर्‍याएको बताउँदै प्रधानमन्त्री हुँदा के के गर्न सकौंला ? भन्दै प्रश्न गरे । ‘काठमाडौंको मेयरको रुपमा केही गर्न सकिएन । अब गरेर देखाउँछु । काठमाडौंमा रहेर ३५ पालिकाको एम्बुलेन्स बनाउन सकेँ, संघ सरकारमा गएँ भने कति सकौंला ?,’ बालेनले भने ।

जनकपुमार सोमबार आयोजित उदघोष सभालाई सम्बोधन गर्दै उनले काठमाडौँ महानगरपालिकाको जिम्मेवारी छाडेर देशकै लागि काम गर्छु भनेर जनतामाझ काम माग्न आएको बताए ।

उनले एक मधेसी छोरा प्रधानमन्त्री बन्न लागेको भन्दै सही समय आएकाले रास्वपाको चुनाव चिह्न घण्टीमा भोट हाल्न अनुरोध गरे ।

 
सोमबार, ०५ माघ २०८२, १६ : ४१

प्रतिक्रिया