सेयर बजार

दोहोरो अंकको वृद्धिसँगै २७ सयको विन्दुमाथि नेप्से, ११ अर्ब ८५ करोडको कारोबार

मंगलबार, ०६ माघ २०८२, १५ : ०८

काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४ लाखको सेयर कारोबार भएको ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Capture

 आज एनआरएनए इन्फ्रास्ट्रक्चरको सर्वाधिक ४० करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा राधी विद्युतको ३९ करोड ३ लाख रुपैयाँ र तेस्रोमा मन्जुश्री फाइनान्सको ३७ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन गुर्खाज फाइनान्सका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, अंखु खोला जलविद्युतका लगानीकर्ताले ८.१३ प्रतिशतका दरले कमाएका छन् ।

१०.७५ % एसबीएल डिबेन्चर २०८९ का लगानीकर्ताले आज सर्वाधिक ४.२३ प्रतिशतका दरले गुमाएका छन् ।

 
 
मंगलबार, ०६ माघ २०८२, १५ : ०८

प्रतिक्रिया