सेयर बजार

नेप्सेमा ९.४३ अंकको गिरावट, ८ अर्ब ९२ करोडको कारोबार

बुधबार, ०७ माघ २०८२, १५ : १०

काठमाडौं- साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ९.४३ अंकले बढेर २७०५.३८ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड ३६ लाखको सेयर कारोबार भएको छ । आज ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Capture

आज अंखु खोला जलविद्युतको सर्वाधिक ४३ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एनआरएनए इन्फ्रास्ट्रक्चरको ३५ करोड ५ लाख रुपैयाँ र तेस्रोमा हिमालयन रिइन्स्योरेन्सको ३३ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन कालिका पावरका लगानीकर्ताले सर्वाधिक ९.८४ प्रतिशतका दरले कमाएका छन् । यस्तै, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.१६ प्रतिशतका दरले कमाएका छन् ।

गुराँस लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक ५.८९ प्रतिशतका दरले गुमाएका छन् ।

 
बुधबार, ०७ माघ २०८२, १५ : १०

प्रतिक्रिया