सेयर बजार

प्रि ओपन सेसनमा १.६६ अंकले बढ्यो नेप्से

आइतबार, ११ माघ २०८२, १० : ५५

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा १.६६ अंक बढेर २७१६.२७ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा २३ करोड ९८ लाख ८७ हजार १६१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ७१ कम्पनीको ४ लाख ३० हजार ६३ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये ३१ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
आइतबार, ११ माघ २०८२, १० : ५५

प्रतिक्रिया