काठमाडौं- काठमाडौं क्षेत्र नम्बर २ बाट डा. विश्वास बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी पछिल्लो समय चर्चामा रहेका नागरिक अभियन्ता हुन्। उनी राष्ट्रियता, जनस्वास्थ्य, युवाको अधिकार र सुशासनका मुद्दामा निरन्तर सक्रिय रहँदै आएका छन् ।
डा. बस्नेत नेपालको चुच्चे नक्सा जारी गर्न दबाब सिर्जना गर्ने अभियानमा सक्रिय सहभागिता जनाउने अभियन्तामध्ये एक हुन्। त्यस्तै, कोरोना महामारीका बेला ‘Enough is Enough’ आन्दोलनमा उनी अग्रपंक्तिको नेतृत्वमा देखिएका थिए। नेपाली विद्यार्थीहरूको मेडिकल इन्टर्नशिपको हक–हितका सवालमा निरन्तर आवाज उठाउँदै आएका उनी हालैको न्भल श् आन्दोलनमा समेत केन्द्रीय भूमिकामा रहे।
यसैगरी जेनजी आन्दोलनका क्रममा उनले देखाएको भूमिकालाई धेरैले ‘जिम्मेवार नेतृत्व’ का रूपमा मूल्यांकन गरेका छन्।
उनले आन्दोलनको पहिलो दिन बिजुलीबजार–बनेश्वर क्षेत्रमा प्रहरी घेराबन्दीमा परेका सयौं युवालाई सुरक्षित रूपमा बाहिर निकाल्दै उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । दोस्रो दिन आन्दोलनकैबीच प्रहरीलाई जोगाउनुका साथै भक्तपुरको भाटभटेनी र कान्तिपुर अस्पतालको सुरक्षामा सक्रिय भएका थिए । त्यति मात्र नभई ठूलो भीडलाई विमानस्थलतर्फ जानबाट रोक्दै सम्भावित क्षति टार्न र महान्यायाधिवक्ताको कार्यालयमा हुन सक्ने तोडफोड रोक्न समेत उनले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।
जेनजी आन्दोलनका वास्तविक एजेण्डा पुराना दलहरूले नसुनेको तथा संस्थागत रूपमा कसैले बोकेको अनुभूति भएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको डा. बस्नेतको भनाई छ ।
“आन्दोलन सडकमा मात्रै सीमित रहनु हुँदैन, नीति निर्माण तहसम्म पुग्नुपर्छ,” बस्नेत भन्छन् ।
नागरिक आन्दोलनबाट उठेर संसदमा पुग्ने प्रयासमा रहेका डा. विश्वास बस्नेतको उम्मेदवारीलाई काठमाडौं–२ मा नयाँ राजनीतिक संकेतका रूपमा हेरिएको छ।
प्रतिक्रिया