सेयर बजार

नेप्सेमा ५७.५५ अंकको वृद्धि, १३ अर्ब ७८ करोड माथिको कारोबार

आइतबार, ११ माघ २०८२, १५ : १२

काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड ५७ लाखको सेयर कारोबार भएको छ । आज २४० कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Capture
आज अंखु खोला जलविद्युतको सर्वाधिक ४५ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा ग्रीन भेन्र्चसको ३९ करोड ७७ लाख रुपैयाँ र तेस्रोमा शिवम् सिमेन्टको ३२ करोड ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन ८ कम्पनीका लगानीकर्ताले सर्वाधिक  कमाएका छन् । आज एसवाई प्यानल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केबलकार, हिम स्टार उर्जा, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स र अंखु खोला जलविद्युतका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, त्रिशुली जलविद्युतका लगानीकर्ताले ९.९८ प्रतिशत र क्रेस्ट माइक्रो लाइफका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् ।

gain

१०.५० एभरेष्ट बैंक डिबेन्चरका इकाईधनीले आज सर्वाधिक ५.८० प्रतिशतका दरले गुमाएका छन् ।

 
आइतबार, ११ माघ २०८२, १५ : १२

प्रतिक्रिया