सेयर बजार

प्रि ओपन सेसनमा ४.६० अंकले बढ्यो नेप्से

सोमबार, १२ माघ २०८२, १० : ५८

 

काठमाडौं साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा ४.६० अंक बढेर २७७६.७७ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा ६ करोड २३ लाख १३ हजार ४१३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ८२ कम्पनीको १ लाख ४८९ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
सोमबार, १२ माघ २०८२, १० : ५८

प्रतिक्रिया