सेयर बजार

नेप्सेमा १७.५३ अंकको गिरावट, १४ अर्ब ५६ करोड माथिको कारोबार

विहीबार, १५ माघ २०८२, १५ : ०९

काठमाडौं- साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५६ करोड ३१ लाखको सेयर कारोबार भएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Capture
आज ङादी ग्रुपको सर्वाधिक ५९ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एसवाई प्यानलको ५२ करोड २९ लाख रुपैयाँ र तेस्रोमा युनाइटेड मोदी हाइड्रोपावरको ४६ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.२३ प्रतिशतका दरले कमाएका छन् । यस्तै, शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ९.१९ प्रतिशतका दरले कमाएका छन् ।

आज तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 
विहीबार, १५ माघ २०८२, १५ : ०९

प्रतिक्रिया