सेयर बजार

यस साता सामान्य अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, १७ माघ २०८२, ११ : ४०

काठमाडौं- यस साता नेप्से परिसूचक ०.५६ अंकले घटेर २७१४.०५ विन्दुमा आईपुगेको छ। गत साता २७१४.६१ विन्दुमा बन्द भएको नेप्से यो साता ७३.१८ अंक घटेर २७१४.०५ विन्दुमा पुगेको हो ।

यस साता पाँच कारोबार दिन बजार खुलेको थियो। जसमा तीन कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन बढेको थियो । 

यस साता औसतमा १४ अर्ब ७ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार १३ अर्ब ७८ करोड ५७ लाखको सेयर कारोबार भएकोमा सोमबार १६ अर्ब ३५ करोड ५७ लाखको र मंगलबार १४ अर्ब १६ करोड ७१ लाखको कारोबार भयो । यस्तै, बुधबार ११ अर्ब ४९ करोड ३९ लाखको र बिहीबार १४ अर्ब ५६ करोड ३१ लाखको सेयर कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से ५७.५५ अंकले बढेर २७७२.१७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको दोस्रो कारोबार दिन नेप्से ३.०७ अंकले घटेर २७६९.०९ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको तेस्रो कारोबार दिन नेप्से ४२.५८ अंकले घटेर २७२६.५१ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको चौथो अर्थात् अन्तिम कारोबार दिन नेप्से ५.३८ अंकले बढेर २७३१.८९ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन नेप्से १७.५३ अंकले घटेर २७१४.०५ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

 
शनिबार, १७ माघ २०८२, ११ : ४०

प्रतिक्रिया