सेयर बजार

प्रि ओपन सेसनमा १३.७७ अंकले घट्यो नेप्से

सोमबार, १९ माघ २०८२, १० : ५५

काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा १३.७७ अंक घटेर २६८०.४३ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा १० करोड २८ लाख ६५ हजार ४७२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५७ कम्पनीको १ लाख ६६  हजार ६९१ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १६ कम्पनीको सेयर मूल्य बढ्दा ४७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
सोमबार, १९ माघ २०८२, १० : ५५

प्रतिक्रिया