सेयर बजार

आज सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब २२ करोडमा झर्‍यो कारोबार

सोमबार, १९ माघ २०८२, १५ : ०९

काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज  ११४ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Capture

आज अंखु खोला हाइड्रोपावरको सर्वाधिक ४१ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एसवाई प्यानलको ३८ करोड ५० लाख रुपैयाँ र तेस्रोमा बन्दीपुर केवलकारको २८ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज एसवाई प्यानल, श्रीागर एग्रीटेक र हिम स्टार उर्जाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सान्भी इनर्जीका लगानीकर्ताले ९.९४ र बन्दीपुर केवलकारका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् । 

मिथिला लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

 
सोमबार, १९ माघ २०८२, १५ : ०९

प्रतिक्रिया