काठमाडौं- साताको चौथो कारोबार दिन नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड ९७ लाखको सेयर कारोबार भएको छ । आज ११३ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अंखु खोला हाइड्रोपावरको सर्वाधिक ८० करोड रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा एसवाई प्यानलको ६० करोड ३० लाख रुपैयाँ र तेस्रोमा राधी विद्युतको २६ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन ४ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कालिञ्चोक दर्शन, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, अंखु खोला हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

एचएलआइ लार्ज क्याप फन्डका लगानीकर्ताले आज सर्वाधिक ५.५४ प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया