काठमाडौं- साताको पाँचौं कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३७ अंक घटेर २६८१.१३ विन्दुमा झरेको छ।
यस सेसनमा २ करोड २१ लाख ६६ हजार २५४ रुपैयाँ ८० पैसाको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५० कम्पनीको ४६ हजार २९६ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये १८ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया