धितोपत्र बोर्डले दियो ‘गरिमा सुवर्ण योजना’ का इकाइहरु निष्कासन गर्ने अनुमति

विहीबार, २२ माघ २०८२, १२ : ४१

काठमाडौं- नेपाल धितोपत्र बोर्डले ‘गरिमा सुवर्ण योजना’का इकाइहरु निष्कासन गर्न अनुमति दिएको छ।

योजना व्यवस्थापक गरिमा क्यापिटलले उक्त म्युचुअल फन्डका इकाइहरु निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो। 

गरिमा क्यापिटलले यस योजनाका १ अर्ब रुपैयाँबराबरका इकाइ जारी गर्नेछ। जसअनुसार क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

यो योजना गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ। यो खुलामुखी योजना हो।

 
विहीबार, २२ माघ २०८२, १२ : ४१

प्रतिक्रिया