सेयर बजार

साताभर ५.३५ अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, २४ माघ २०८२, ११ : १६

काठमाडौं- यस साता नेप्से परिसूचक ५.३५ अंकले घटेर २७०८.७० विन्दुमा आईपुगेको छ। गत साता २७१४.०५ विन्दुमा बन्द भएको नेप्से यो साता ५.३५ अंक घटेर २७०८.७० विन्दुमा पुगेको हो ।

यस साता पाँच कारोबार दिन बजार खुलेको थियो। जसमा तीन कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन बढेको थियो । 

यस साता औसतमा ८ अर्ब ९८ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार ८ अर्ब ९९ करोड २६ लाखको सेयर कारोबार भएकोमा सोमबार ८ अर्ब २२ करोड ३९ लाखको र मंगलबार ८ अर्ब ६३ करोड १५ लाखको कारोबार भयो । यस्तै, बुधबार ७ अर्ब ४९ करोड ९७ लाखको र बिहीबार ११ अर्ब ५८ करोड २८ लाखको सेयर कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से २२.३३ अंकले घटेर २७९१.७१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको २ करोड १८ लाख ४२ हजार ८८७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड २६ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको दोस्रो कारोबार दिन नेप्से १.५३ अंकले बढेर २६९५.७३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको तेस्रो कारोबार दिन नेप्से १२.५८ अंकले घटेर २६८३.१५ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड ८७ लाख ०३ हजार १८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से १.६४ अंकले घटेर २६८१.५० को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन नेप्से २७.१९ अंकले बढेर २७०८.७० को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

 
शनिबार, २४ माघ २०८२, ११ : १६

प्रतिक्रिया