काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ११.८१ अंक बढेर २६७३.९६ विन्दुमा आइपुगेको छ।
यस सेसनमा १ करोड १७ लाख २३ हजार ८१९ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ८२ कम्पनीको २९ हजार ९३९ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये ५५ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया