सेयर बजार

नेप्सेमा ८.९७ अंकको वृद्धि, ११ अर्ब १० करोड माथिको कारोबार

विहीबार, २९ माघ २०८२, १५ : ०८

काठमाडौं- साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक  ८.९७ अंकले बढेर २६७१.०७ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाखको सेयर कारोबार भएको छ । आज १३८ कम्पनीको सेयर मूल्य बढ्दा ११६ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Capture

आज ङादी ग्रुप पावरको सर्वाधिक ७० करोड ५३ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा एसवाई प्यानलको ४३ करोड ४२ लाख रुपैयाँ र तेस्रोमा रिडी पावरको ४१ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन मध्य भोटेकोशी जलविद्युतका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ९.८८ प्रतिशतका दरले कमाएका छन् । 

कालिञ्चोक दर्शनका लगानीकर्ताले आज सर्वाधिक ७.५९ प्रतिशतका दरले गुमाएका छन् ।

 
 
विहीबार, २९ माघ २०८२, १५ : ०८

प्रतिक्रिया