सेयर बजार

साताभर ३७.६३ अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, ०२ फागुन २०८२, ११ : ४८

काठमाडौं- यस साता नेप्से परिसूचक ३७.६३ अंकले घटेर २६७१.०७ विन्दुमा आईपुगेको छ। गत साता २७०८.७० विन्दुमा बन्द भएको नेप्से यो साता ३७.६३ अंक घटेर २६७१.०७ विन्दुमा पुगेको हो ।

यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। जसमा चार कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन मात्र बढेको थियो । 

यस साता औसतमा १० अर्ब १६ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार ११ अर्ब ६५ करोड ९७ लाखको सेयर कारोबार भएकोमा सोमबार १० अर्ब ७७ करोड ३९ लाखको र मंगलबार ८ अर्ब ६१ करोड ६४ लाखको कारोबार भयो । यस्तै, बुधबार ८ अर्ब ६९ करोड २२ लाखको र बिहीबार ११ अर्ब १० करोड २५ लाखको सेयर कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से १०.२५ अंकले घटेर २६९७.०७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको दोस्रो कारोबार दिन नेप्से २६.०५ अंकले घटेर २६७२.३९ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको तेस्रो कारोबार दिन नेप्से १०.२५ अंकले घटेर २६६२.१४ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से ०.०४ अंकले घटेर २६६२.०९ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६९ करोड २२ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन नेप्से ८.९७ अंकले बढेर २६७१.०७ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

 
शनिबार, ०२ फागुन २०८२, ११ : ४८

प्रतिक्रिया