नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउने ओलीको दाबी

आइतबार, ०३ फागुन २०८२, १३ : ३९

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले नेपालमा हुने आगामी निर्वाचनको परिणाम बंगलादेशको जस्तै आउने दाबी गरेका छन्। उनले बंगलादेशको निर्वाचनका विजेतालाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन्।

काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा–५ जाने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले अहिले देखिएको राजनीतिक वातावरणले नेपालमा पनि बंगलादेशकै चुनावी प्रवृत्ति दोहोरिन सक्ने संकेत गरेको बताए। सामाजिक सञ्जालमा चर्चित व्यक्तिहरू पराजित भएको तथा आन्दोलनबाट उदाएका दलहरू कम सिटमा सीमित भएको विषयमा सोधिएको प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले देशमा अझै चुनावका लागि पूर्ण भरोसायोग्य वातावरण नबनेको दोहोर्‍याए। पार्टी चुनावी तयारीमा सक्रिय भए पनि राजनीतिक स्थिरता र विश्वस्त माहोल निर्माण हुन बाँकी रहेको उनको भनाइ छ।

 
 
आइतबार, ०३ फागुन २०८२, १३ : ३९

प्रतिक्रिया