सेयर बजार

प्रि ओपन सेसनमा ३.४६ अंकले बढ्यो नेप्से

सोमबार, ०४ फागुन २०८२, १० : ५४

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.४६  अंक बढेर २६७४.५३ विन्दुमा आइपुगेको छ।

यस सेसनमा ४८ लाख ४० हजार ८८४ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५० कम्पनीको ९ हजार ८६९ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
सोमबार, ०४ फागुन २०८२, १० : ५४

प्रतिक्रिया