काठमाडौं- माया खोला हाइड्रोपावर कम्पनीको हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढेको छ। आज आयोजित एक समारोहबीच माया खोला हाइड्रोपावर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो।
सम्झौतामा माया खोला हाइड्रोपावरका कार्यकारी अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार सिटिजन्स क्यापिटलले कम्पनीको १ करोड कित्ता हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड बाट अनुमति लिनुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्नेछ। अनुमति प्राप्त भएपछि सेयर बिक्री व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी पनि सोही कम्पनीले वहन गर्नेछ।
कम्पनीको स्थापना २०६७ सालमा प्राइभेट लिमिटेडको रुपमा भएको थियो भने २०७३ सालमा पब्लिक लिमिटेडमा रूपान्तरण गरिएको हो। कम्पनीले संखुवासभा जिल्ला मा १४।९ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरी २०८० असारदेखि विद्युत उत्पादन गर्दै आएको छ। उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरण लाई बिक्री भइरहेको कम्पनीले जनाएको छ।
यसअघि कम्पनीले २०७९ माघमा सर्वसाधारणका लागि प्राथमिक सेयर ९आईपीओ० जारी गरेको थियो। हकप्रद सेयर निष्काशनपछि कम्पनीको पूँजी संरचना थप मजबुत हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया