काठमाडौं- फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवनको तीन नम्बरमा क्षेत्रमा ताराको पक्षमा माहोल देखिएको छ ।
भरतपुर महानगरकी निवर्तमान प्रमुखसमेत रहेकी रेनु दाहाल नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट तारा चिन्ह लिएर चुनावी मैदानमा छन् । यही क्षेत्रमा रास्वपाकी सोविता गौतम, नेपाली काँग्रेसका टेक प्रसाद गुरुङ प्रतिद्वन्द्वी छन् । त्यसो त यही क्षेत्रमा अघिल्लो निर्वाचनमा जितेको राप्रपाबाट दीपक थापा र नेकपा एमालेबाट शंकर थपलियाको पनि उम्मेद्वारी छ ।
फागुन २१ को निर्वाचनको लागि निर्धारित औपचारिक प्रचारप्रसारको अवधि सोमबार बाट शुरु भएको छ । तर, पनि उम्मेद्वारहरु आफ्ना एजेण्डा लिएर मतदाताको घरदैलोमा जाने क्रम यस अघि पनि भइरहेको थियो ।
गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी तारा चिन्ह वाहक उम्मेद्वार रेनु दाहाल आफु महानगर प्रमुख हुँदा गरेको विकास निर्माणको काम जस्तै संघीय संसद भएपछि निभाउनुपर्ने भूमिकामा कत्तिपनि कमी हुन नदिने प्रतिवद्धता जनाउँदै आएकी छन् । भरतपुर महानगरको सडक सञ्जाल, निकुञ्ज किनारको बस्तीमा गरिएको मेसजाली फाउन्डेसन लगायत नारायणी नदी तटबन्धजस्ता ठूला योजना पार्न र ती योजनाको काम सम्पन्न गर्ने विषयमा उनले गरेको पहलकदमीको खुलेर प्रसंसा पाएकी छन् । उनले पनि महानगर प्रमुखमा रहँदा आफुले आम नागरिक र आफ्नो टीमबाट पाएको सहयोग र समर्थन आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै तारा चिन्हमा मत मागेकी छन् ।
यो निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ र माडी नगरपालिकाका नौ गरि २८ वडाहरु छन् । कुनैपनि वडा नछुटाउनेगरि घरदैलो अभियान तय गरिएको रेनु दाहालको चुनावी सचिवालयले जनाएको छ ।
मतदाता माझ हाईहाई पाइरहेकी दाहालले मतदाता माझ आफुले महानगरको नौ वर्षेे नेतृत्व र निभाएको भूमिकालाई भोट बैंकको रुपमा प्रयोग गरेकी छन् । हुन पनि महानगरको जिम्मेवारीमा गरेको कामले उनी चितवन मात्र नभएर देशविदेशमा समेत हाइहाई कमाई सकेकी छन् । विकासवादी मेयरको पदवी पाएकी छन् ।
उनी चुनावमा आफ्नो जीत हुनेमा पूर्ण आशावादी छन् तर पनि भन्छिन, ‘हिजो म महानगर प्रमुख हुँदा कार्यकारी भूमिकामा थिंए । अवको चुनाव पछि हारे पनि जितेपनि मेरो भूमिका भनेको कार्यकारी भन्दा पनि आम नेपालीको हितमा ऐन नियम कानुन बनाउने र त्यसको कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्ने हो । म तपाईहरुको हीतको लागि जुनसुकै बेला तयार छु ।’
जिल्लाको बस्तुस्थितिबारे आफु नयाँ र नौलो अनुहार नभएको बताउँदै उनले भनिन, ‘यहाँका समस्या भनेको निकुञ्ज पीडितको स्थायी समाधान, सुकुमबासीलाई लालपुर्जा, प्राविधिक शिक्षा जस्ता विषयले महत्व राख्छ । कृषि, पर्यटन र शिक्षाका मुद्दालाई पनि कम आकलन गर्न मिल्दैन् । देशको समृद्धि संग जोडिएको शिक्षा, स्वास्थ्य र रोजगारीका विषय देशभरकै समस्या हुन् । निकुञ्ज ऐनको कारण चितवनको विकास र निकासमा परेको समस्या समाधानको लागि ऐनमा संसोधन आवस्यक रहेको उनले बताइन् । यी र यस्ता समस्यामा नीतिगत तहमै निर्णय हुनुुपर्ने उनको जोड छ । त्यसका लागि आफुले तत्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने उनले बताइन् ।
प्रतिक्रिया