काठमाडौं २ का उम्मेदवार डा. बस्नेतको चुनावी योजना : निःशुल्क स्वास्थ्य सेवा र 'MPH for 6D' विकास मोडेल

मंगलबार, ०५ फागुन २०८२, १७ : ०८

काठमाडौं- प्रतिनिधिसभा क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका डा. विश्वास बस्नेतले प्रभावकारी बीमा प्रणालीमार्फत निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्ने योजना प्रस्तुत गरेका छन्। 

बस्नेतले क्षेत्र नम्बर २ कालागि आफ्ना विकास प्राथमिकता पनि अघि सारेका हुन्। उनी ‘सुई’ चुनाव चिन्ह लिएर आगामी फागुन २१ गते हुने निर्वाचनमा यस क्षेत्रबाट प्रतिस्पर्धा गर्दैछन् । 

यसले “MPH for 6D” अवधारणाअन्तर्गत लोकतन्त्र, प्रवासी समुदाय, विकास, दूरी व्यवस्थापन, जनसांख्यिकी र डिजिटाइजेशनलाई जोड दिँदै क्षेत्रीय विकासको मोडेल लागू गर्ने बताएका छन्। 

उनका अनुसार योग्यता–आधारित नेतृत्व, व्यवहारिक नीति र इमान्दारितालाई मूल मन्त्र बनाएर राजनीति गर्ने लक्ष्य रहेको छ। उनले काठमाडौं–२ लाई नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

उम्मेदवार बस्नेतले नागरिकसँग प्रत्यक्ष सम्पर्क, तालिम, नीति परामर्श तथा प्रविधिमैत्री सेवा विस्तारमार्फत सार्वजनिक सेवा प्रभावकारी बनाउने योजना पनि सार्वजनिक गरेका छन्।

 
मंगलबार, ०५ फागुन २०८२, १७ : ०८

प्रतिक्रिया