पाकिस्तान – पाकिस्तानका भूतपूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासी भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् ।
उनी प्रधानमन्त्री हुदाँ सरकारले गरेको एलपीजी ग्याससम्बन्धी एउटा सम्झौतालाई लिएर उनलाई भ्रष्टाचारको आरोप लागेको हो ।
पाकिस्तानका अधिकारीहरूबाट हिजो गिरफ्तार भएका अब्बासीलाई आज अदालतमा पेस गरिनेछ।
अब्बासीले सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । अर्का पूर्व राष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको एक हप्तापछि अब्बासीलाई गिरफ्तार गरिएको हो । अब्बासीका पूर्ववर्ती प्रधानमन्त्री नवाज सरिफलाई भने यसअघि गत बर्ष नै सात बर्षे जेल सजायको फैसला सुनाइएको थियो ।
पाकिस्तानमा भ्रष्टाचार ठूलो समस्याकोरूपमा रहेको छ । एक बर्ष अगाडी प्रधानमन्त्रीका रूपमा इमरान खान निर्वाचित भएपछि उहाँले भ्रष्टाचार विरुद्धको कारबाहीलाई उच्च प्राथमिकता दिनुभएको छ ।
रासस
प्रतिक्रिया