ओमानमा अवैध रुपमा बसेका नेपाली स्वदेश फर्कन पाउने, यस्तो छ प्रक्रिया

बुधबार, २४ बैशाख २०८२, ११ : ३२

काठमाडौं- यदि तपाईं ओमानमा अबैध रुपमा रहनु भएको छ  र स्वदेश फर्कन चाहानुहुन्छ भने यो भिडियो तपाईंको लागि हो । ओमान सरकारको नयाँ योजना अन्तर्गत ओमानमा भिसा सकिएर अवैधानिक रूपमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्किन पाउने भएका छन् । 

ओमान सरकारको श्रम मन्त्रालयद्वारा जारी गरिएको छुट अवधिमा स्वदेश फिर्ती योजना अन्तर्गत अवैधानिक रुपमा बसिरहेका नागरिक पनि फर्कन जनाएको हो । 

यस योजनाअनुसार स्वदेश फर्किने नेपालीहरूका लागि तोकिएको जरिवाना शुल्क पूर्ण रूपमा माफ गरिएको दूतावासद्धारा जारी गरिएको सूचनामा भनिएको छ । ओमान सरकारको यो योजना अगामी जूलाई ३१ सम्मका लागि तोकिएको छ । 

यदि तपाईं ओमानबाट स्वदेश फर्कन चाहनु भएको छ भने  आफै वा कोही साथीभाई वा राजदूतावास मार्फत प्रक्रिया पूरा गर्नसक्नेछन् । 

यसका लागि स्क्रिनमा दिइएको वेभपेजमा गई मागिएका विवरण उपलब्ध गराई फर्म भर्नुपर्ने छ । 

https://www.mol.gov.om/.../registration-for-departure... https://www.facebook.com/embassyofnepalmuscat

 

बुधबार, २४ बैशाख २०८२, ११ : ३२

प्रतिक्रिया