पोपमा निर्वाचित हुने पहिलो अमेरिकी बने रोबर्ट प्रिभोस्ट

शुक्रबार, २६ बैशाख २०८२, ११ : २१

काठमाडौं–रोबर्ट प्रिभोस्ट बिहीबार भ्याटिकनको नयाँ पोप निर्वाचित भएका छन्। प्रिभोस्ट अब पोप लियो चौधौँको रूपमा चिनिनेछ।

उनी क्याथोलिक चर्चको नेता चयन हुने पहिलो उत्तर अमेरिकी नागरिक हुन् । सिकागोमा जन्मिएका प्रिभोस्ट सुधारकका रूपमा चिनिन्छन् । उनले पेरुमा मिसनरीका रूपमा लामो समय काम गरेका थिए । पछि उनी त्यहाँको आर्चविसप बने । अमेरिकी राष्ट्रपति डोलनाल्ड ट्रम्पले अमेरिकाबाट पोप पाउनु गर्वको विषय भएको बताएका छन् ।

 
शुक्रबार, २६ बैशाख २०८२, ११ : २१

प्रतिक्रिया