सेयर बजार

१० अंकले बढ्यो सेयर बजार, ४ अर्ब ४५ करोडको कारोबार

बुधबार, १३ फागुन २०८२, १५ : ५०

काठमाडौं– बुधबार सेयर बजार १०.३० अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २६४८.९० अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २१ अंक बढेको थियो । 

आज दिनभरिमा ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड ११ लाख माथिको सेयर कारोबार भएको छ ।

आज १५७ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १३ को स्थिर रह्यो । जीवन बीमा समूह सबैभन्दा धेरै १.७९ प्रतिशत बढ्यो । बैंकिङ ०.२२, विकास बैंक ०.२१, होटल तथा पर्यटन ०.४७, हाइड्रोपावर ०.३९, लगानी ०.३०, उत्पादन तथा प्रशोधन ०.८३, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१९, अन्य ०.३५ प्रतिशत बढे । व्यापार ०.८९ र फाइनान्स ०.२८ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ९.६६, सुपरमाइ हाइड्रोपावरको ९.१८ तथा अपर लोहोरेखोला जलविद्युतको ४.१५ प्रतिशत मूल्य बढ्यो ।

हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ५.९८ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत् कम्पनी, ङादी ग्रुप, एसवाई प्यानल, रिडी पावर र बन्दीपुर केबुलकार छन् ।

 
 
 
बुधबार, १३ फागुन २०८२, १५ : ५०

प्रतिक्रिया