चुनावको सन्निकट किन सिंगापुर उडे देउवा ?

विहीबार, १४ फागुन २०८२, १० : ३१

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।

नेपाली कांग्रेसका पूर्व सभापति समेत रहेका देउवा बुधबार राति ११ः३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेका हुन्।

उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक नगरिए पनि नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि उनी सिंगापुर गएको बताइएको छ।

देउवा पत्नी आरजु समेत विगत ५ दिनदेखि दक्षिणी छिमेकी राष्ट्र भारत भ्रमणमा छिन् । आरजु भने भारतका विभिन्न मठ मन्दिरमा पुजाँआजाका लागि त्यतै रहेकी छिन् ।

उनको भारतको उज्जेनमा अवस्थित महाकालेश्वर मन्दिमा दर्शन गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा आएको छ । उनी अझै केही दिन भारतमै रहने बताइएको छ । 

 
 
विहीबार, १४ फागुन २०८२, १० : ३१

प्रतिक्रिया