सेयर बजार

साताभर १२.७८ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, १६ फागुन २०८२, १२ : १५

काठमाडौं- यस साता नेप्से परिसूचक १२.७८ अंकले बढेर २६५४.९३ विन्दुमा आईपुगेको छ। गत साता २६४२.१५ विन्दुमा बन्द भएको नेप्से यो साता १२.७८ अंक बढेर २२६५४.९३ विन्दुमा पुगेको हो ।

यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। जसमा चार कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन मात्र नेप्से घटेको थियो।

यस साता औसतमा ५ अर्ब १२ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार ६ अर्ब ६९ करोड ९७ लाखको सेयर कारोबार भएकोमा सोमबार ५ अर्ब १३ करोड ८६ लाखको र मंगलबार ५ अर्ब १३ करोड ८६ लाखको सेयर कारोबार भयो । यस्तै, बुधबार ४ अर्ब ४५ करोड ११ लाखको र ४ अर्ब १७ करोड ४६ लाखको सेयर कारोबार भएको थियो । 

साताको पहिलो कारोबार दिन नेप्से २७.५९ अंकले घटेर २६१४.५५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको दोस्रो कारोबार दिन नेप्से २.४१ अंकले बढेर २६१६.९७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से २१.६२ अंकले बढेर २६३८.६० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२८ कम्पनीको ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको चौथो कारोबार दिन नेप्से १०.३० अंकले घटेर २६४८.९० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन नेप्से ६.०३ अंकले बढेर २६५४.९३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३५ कम्पनीको १ करोड ५३ हजार १४५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड ४६ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

 
शनिबार, १६ फागुन २०८२, १२ : १५

प्रतिक्रिया