काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ अंकले बढेर बन्द भएको छ।
मंगलबार नेप्से ३२.०८ अंक घटेर २,८४३.३५ विन्दुमा पुगेको थियो। तर बुधबारको सेसनमा परिसूचक ९.४७ अंकले बढेर २,८५२.८३ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स पनि १.९३ अंकले बढेको छ।
सो दिन प्रि–ओपन सेसनमा ९७ स्टकको १८१ पटकको कारोबार भएको छ। कुल १६,१९५ कित्ता शेयर खरिदबिक्री हुँदा कारोबार रकम १ करोड ८ लाख १३ हजार ३८३ रुपैयाँ ४० पैसामा पुगेको छ। जसमध्ये ५६ स्टकको मूल्य बढेको छ, २७ स्टकको मूल्य घटेको छ भने बाँकी १४ स्टकको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया