धितोपत्र बोर्डले दियो दुई कम्पनिलाई आइपीओ जारी गर्ने अनुमति

बुधबार, २७ फागुन २०८२, १७ : ३३

काठमाडौं- नेपाल धितोपत्र बोर्डबाट दुई हाइड्रोपावर कम्पनीलाई आइपीओ जारी गर्ने अनुमति दिएको छ ।

बोर्डले कलंगा हाइड्रोपावर कम्पनीलाई ४९ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता आइपीओ जारी गर्ने अनुमति दिएको छ ।

त्यसैगरि सानीगाड हाइड्रोपावरलाई ८५ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल ८५ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने अनुमति दिएको छ ।

यी दुबै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेपछि दोस्रो चरणमा सर्वसाधारणहरुका लागि जारी गर्ने छन् ।

आइपीओ बिक्री प्रबन्धकमा कलंगा हाइड्रोको सानिमा क्यापिटल र सानीगाड हाइड्रोको लक्ष्मी सनराइज क्यापिटल रहेका छन्।

 
 
बुधबार, २७ फागुन २०८२, १७ : ३३

प्रतिक्रिया