काठमाडौं- तीनवटा ब्रोकर कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कारबाहीमा गरेको छ। सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था उल्लंघन गरेको भन्दै सेबोनले कम्पनीहरुलाई कारवाही गरी जरिवाना तिराएको छ ।
बोर्डले तीन वटै ब्रोकर कम्पनीलाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७फ को उपदफा ९१० को खण्ड ९ख० बमोजिम ५० लाख रुपैयाँ जरिवाना तिराएको हो । उक्त खण्डमा ‘यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको निर्देशिका वा दिएको आदेश वा निर्देशनको उल्लंघन गरेमा सोको गाम्भीर्यका आधारमा’ जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।
बोर्डले सिप्ला सेक्यूरिटिजलाई ५० लाख रुपैयाँ जरिवाना गरेको छ भने बाँकी २ वटै कम्पनीलाई ३०–३० लाख रुपैयाँ जरिवाना गरेको छ।
प्रतिक्रिया