सोपान फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्दै

शुक्रबार, २९ फागुन २०८२, १३ : १४

काठमाडौं- सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत ९ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । 

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो।

कम्पनीले पहिलो चरणमा ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको हो ।

दोस्रो चरणमा कम्पनीले २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र १ लाख ७१ हजार ६०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सर्वसाधारणका लागि दोस्रो चरणमा निष्काशन गर्नेछ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएको छ । कम्पनीले पहिलो चरणमा ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

 
 
 
 
शुक्रबार, २९ फागुन २०८२, १३ : १४

प्रतिक्रिया