चुनावी परिणामपछि प्रचण्ड-रविबीच छलफल, के भयो कुराकानी ?

शुक्रबार, २९ फागुन २०८२, १४ : ०७

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । उनीहरूबीच टेलिफोनमार्फत कुराकानी भएको बताइएको छ।

उनीहरुले एक अर्कालाई चुनाव जितेकोमा बधाई दिएका थिए । चुनावी परिणामपछिको पहिलो संवाद भए पनि अन्य राजनीतिक विषयमा भएको कुराकानीबारे भने दुबै पक्षले सार्वजनिक रुपमा जानकारी गराएका छैनन् ।

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक रहेका प्रचण्ड भर्खरै सम्पन्न निर्वाचनमा पूर्वी रुकुमबाट निर्वाचित भएका छन् । उनको पार्टीले संसदमा कमजोर अंकगणितसहितको मत परिणाम लिएको छ । उता, लामिछानको पार्टीले भने पहिलो पार्टीको हैसियतमा करिब बहुमतसहित जित हासिल गरेको छ । 

 
 
शुक्रबार, २९ फागुन २०८२, १४ : ०७

प्रतिक्रिया